तालपोखरामा डुङ्गा दौड प्रतियोगिता सकियो ः प्रदिप कंडेल र पुरन ठकुरीको समुह प्रथम

0
788

सुशीला रेग्मी
रामपुर (पाल्पा), ९ फागुन ) ः नेपाल भ्रमण वर्ष २०२० को अवसर पारेर पाल्पा रामपुरको तालपोखरामा आयोजना गरिएको डुङ्गा दौड प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा प्रदिप कंडेल र पुरन ठकुरीको समुह प्रथम भएको छ । प्रतियोगीतामा दुई मिनेट ३९ सेकेण्डको दुरी पार गरी तालपोखराको बीचमा रहेको जलेश्वर महादेवको मन्दिरमा परिक्रमा गरी प्रदिप कंडेल र पुरन ठकुरीको समुह प्रथम हुन सफल भएको हो । दुई मिनेट ५० सेकेन्ड पुरा गरेर अमृत भण्डारी र मदन गौतमको समुह द्धित्तिय, दुई मिनेट ५० सेकेन्ड ४९ मिलिसेकेण्डमा मदन घर्ती र सन्तोष घर्तीको समुह तृत्तिय भएका छन् । प्रतियोगितामा नौ समुहले सहभागीता जनाएका थिए । प्रतियोगितामा प्रथम, द्धित्तिय र तृत्तिय हुने समुहलाई पुरस्कार क्रमश ः नगद रु सात हजार, पाँच हजार र तृत्तिय हजार प्रदान गरिएको छ । बिहिवार तालपोखरा संरक्षण विकास समितिको आयोजनामा भएको डुङ्गा दौड प्रतियोगितामा सहभागीले काठको डुङ्गामा बसेर तालको बीच भागमा रहेको जलेश्वर महादेवको मन्दिर परिषर घुमाउँदा तालपोखराको माहोल नै उल्लासमय बनेको थियो । नेपाल सरकारको एक सय पर्यटकिय गन्तव्यस्थलका रुपमा छनौटमा परेको तालपोखरामा भ्रमण वर्षलाई लक्षित गरी डुङ्गा दौड प्रतियोगिता आयोजना गरिएको हो ।
प्रतियोगितामा एक वटा काठको डुङ्गामा दुई जनालाई मात्र सहभागी गराइएको तालपोखरा संरक्षण विकास समितिका सचिव सुनिल देवकोटाले जानकारी दिनुभयो ।
नेपाल सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२० लाई सफल बनाउन र रामपुरको पर्यटन विकास गरी रामपुरलाई नेपालकै नमुना पर्यटकिय क्षेत्रका रुपमा चिनाउनका लागि तालपोखरामा डुङ्गा दौड प्रतियोगिता आयोजना गरिएको तालपोखरा संरक्षण विकास समितिका अध्यक्ष सागरप्रसाद देवकोटाले बताउनुभयो ।
“प्रतियोगितामा सहभागी र दर्शकको उत्साह सहयोग र साथले कार्यक्रम सोचेभन्दा राम्रो भयो, गतवर्ष र यसवर्ष आन्तरिक रुपमा प्रतिष्पर्धा गराइयो भने अब फराकिलो बनाएर बाह्य प्रतिष्पर्धालाई जोड दिने गरी कार्यक्रम संचालन गर्ने सोँच बनाएका छौँ” अध्यक्ष देवकोटाले भन्नुभयो ।
शुक्रवार महाशिवरात्री पर्वलाई मध्यनजर गर्दै बुधवार देखि तीन दिवसीय रुपमा कार्यक्रमका साथमा बिहिवार डुङ्गा दौड प्रतियोगिता सम्पन्न गरियो भने यसका अलवा भजनकृतन, झाँकी प्रदर्शन तथा स्थानीय कला संस्कृतीको संरक्षण गर्ने गरी विभिन्न कार्यक्रमहरु पनि भइरहेका छन् । रामपुर घुम्न आएका पर्यटकको पहिलो रोजाइ र घुम्ने थलोनै अहिले तालपोखरा बनेको छ ।
पोखराको फेवातालको स्वरुपमा रहेको तालपोखराले आकारमा सानो भएपनि छोटो समयमा नै पर्यटकको मन लोभ्याउन सफल भएको छ । विभिन्न सञ्चारमाध्यममा आएका समाचार सुनेर, हेरेर तालपोखरा आउने आन्तरिक पर्यटकको उपस्थिति दिनहुँ बढ्दै गएको छ ।
यो वर्ष रामपुर नगरपालिकाले रु २० लाख र नेपाल पर्यटन बोर्डबाट स्तरोन्नति शीर्षकमा रु २० लाख सहयोग रकमबाट तालपोखराको स्तरोन्नति गरिएपछि अहिले तालपोखराको स्वरुप नै फेरिएको छ । तालपोखरामा पुगेपछि मनलाई आनन्दीत पार्ने वातावरण सिर्जना हुन्छ । यहाँ शनिवार र विदाका दिन धेरै जना घुम्न आउने गर्छन ।
तालपोखरा तथा पार्क परिषरमा घुमेर घण्टौँ समय बिताएर फर्कने गरेको तालपोखराका डुङ्गा व्यवसायी भगवान् देवकोटाले बताउनुभयो । तालपोखरालाई नेपाल सरकारले एक सय पर्यटकिय गन्तव्यस्थलका रुपमा घोषणा गरेपछि तालपोखरा अवलोकन गर्न आउनेको अहिले चहलपहल बढ्दो छ । रामपुर नगरपालिकाकै पहिलो घुम्ने थलोको रुपमा अहिले तालपोखरा रहेको छ ।
नगरपालिकाले पनि तालपोखरा क्षेत्रलाई बिशेष रुपमा प्राथमिकता दिएर वजेट विनियोजन तथा स्तरोन्नतीमा ध्यान दिएको नगर प्रमुख रमणबहादुर थापा बताउनुहुन्छ । तालपोखराका अलवा रामपुरमा रामघाट, रामचुलो, रामजानकी मन्दिर, भुजात सिद्धबाबा, राम्चे भ्यु टावर, खैरेनी सामुदायिक वन लगायतका धेरै पर्यटकीय तथा धार्मिक स्थलको संरक्षण र प्रवद्र्धनमा नगरपालिकाले काम गरिरहेको नगर प्रम्ख थापाले बताउनुभयो ।
प्रतिव्यक्ति रु ५० टिकट कायम गरिएको छ । तालपोखरामा सेल्फी जोन निर्माण गरिएपछि फोटो खिचाउनेको भीड लाग्ने गरेको छ । स्थानीय कुलो, नहर, खोल्सीबाट पानी पर्याप्त नभएपछि नजिकै बहेको कालीगण्डकीबाट लिफ्टिङ गरेर पानीको व्यवस्थापन गरिएको छ ।
डुङ्गा सञ्चालनबाट स्थानीयलाई रोजगारीको अवसर मिलेको छ । सामान्य वर्षाद्को पानी जम्मा हुने खाडलका रुपमा रहेको तालपोखरालाई यहाँका स्थानीयले पर्यटकीय क्षेत्रका रुपमा विकास गरेका हुन् । झण्डै ७० रोपनी क्षेत्रफलमा फैलिएको यो क्षेत्र पहिला पानी जम्मा हुने खाडका रुपमा रहेपनि अहिले भने प्रशस्त आम्दानी गर्ने गतिलो माध्यम बनेको छ ।

SHARE