जनयुद्ध दिवसमा बिदा

0
460

फागुन १, २०७६ दाङ : दाङको बंगलाचुली गाउँपालिकाले आज सार्वजनिक बिदा दिएको छ।

जनयुद्ध दिवसका अबसरमा गाउँपालिकाले आज सार्बजनिक बिदा दिएको गाउँपालिकाका प्रेस संयोजक जिवन नेपालीले बताए। बंगलाचुली गाउँकार्यपालिकाको बैठकले फागुन १ गते सार्बजनिक बिदा दिने निर्णय गरेको हो। आज गाउँपालिका तथा पालिका अन्तर्गतका सरकारी कार्यालय, शिक्षण संस्थामा स्थानीय बिदा दिने निर्णय भएको संयोजक नेपालीले बताए। तत्कालिन नेकपा माओवादी नेतृत्वमा २०५२ साल फागुन १ गतेदेखि शुरू भएको १० वर्षे जनयुद्धको २५औं दिवस आज मनाइँदैछ। त्यसैगरी गाउँपालिकाको छैठौं गाउँसभा सम्पन्न भएको छ।

गाउँसभाले विभिन्न ९ वटा ऐनहरु पास गरेको छ। जसअनुसार शिक्षा ऐन २०७६,एफ।एम रेडियो ९संचालन तथा व्यव्थापन० ऐन २०७६,औद्योगिक व्यवसाय ऐन २०७६,तथ्याङ्क अभिलेख ऐन २०७६,पूर्वाधार व्यवस्थापन ऐन २०७६,संस्था दर्ता ऐन २०७४,सार्वजनिक निजि साझेदारी ऐन २०७६,वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण ऐन, २०७६,स्वाथ्य ऐन २०७६ रहेका उनले बताए।

SHARE