प्रदेश ५ मै पहिलो इस्मा जडिबुटी उद्यान संचालन

0
729

टोपलाल अर्याल
माघ ३,२०७६ गुल्मी  :

प्रदेश ५ को उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले पहिलो जडिबुटी उद्यान संचालनमा ल्याएको छ । गुल्मीको इस्मा गाउँपालिका ५ रजस्थलको राधाकृष्ण टोलमा जडिबुटी उद्यान निर्माण गरिएको छ । उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय अन्तरगत वन निर्देशनालय डिभिजन वन कार्यालयको एक करोड लागतमा जडिबुटी उद्यान निर्माण गरिएको हो । बिहिबार प्रदेश ५ का उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरीले उद्यानको उद्घाटन गरे ।
२८ प्रजातीका जडीबुटीका बिरुवा
देसाल पुज्ने सार्कीपाटा सामुदायिक वनको २.५४ हेक्टर क्षेत्रफलमा उद्यान रहेको छ । उद्यानमा अगरउड, रुद्राक्ष, एभोकाडो, टिमुर लगायतका २८ प्रजातिका ११ सय बढी बहुमुल्य रुखका बिरुवा तथा जडिबुटी रोपिएको डिभिजन वन कार्यालय गुल्मीका प्रमुख प्रभात सापकोटाले जानकारी दिए । यो उद्यानको उदेश्य मध्ये पहाडी क्षेत्रमा पाइने बढी व्याबसायीक महत्त्व भएका जडिबुटी तथा गैरकाष्ट वन पैदावारको प्रदर्शन एव सुचना प्रवाह गर्ने र निजि क्षेत्रसंगको सहकार्यमा जडिबुटी र गैरकाष्ठ वन पैदावरको ब्यावसायीकरण तथा पर्यटनमा सहयोग पु¥याउने रहेको सापकोटाले बताए । यो उद्यानसहित सूचना केन्द्र भवन, मन्दिर, नर्सरी र अन्य संरचना निर्माणले इस्माको समृद्धिमा थप टेवा पुग्ने विश्वास लिइएको इस्मा गाउँपालिका प्रमुख लक्ष्मण बिष्टले बताए ।
अनुसन्धान केन्द्र बनाउने हो ः मन्त्री गिरी
उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरीले इस्मा जडिबुटी उद्यानलाई अनुसन्धान केन्द्रको रुपमा अगाडी बनाउने उदेश्यका साथ प्रदेशले योजना समावेश गरेको बताए । उनले गाउँमा प्रदेशकै नमुना काम थालिएकाले गाउँबाटनै कृषि र पर्यटन मार्फत मुलुकको समृद्धि प्राप्त हुने बताए । ‘गाउँका बहुमुल्य जडिबुटी र बिरुवा मुल्यहिन भएका छन्,’उनले भने,‘ यो उद्यानले सचेतना जगाउने र नमुना काम गरेर देखाउने छ ।’ प्रदेश सभा सदस्य खडग केसीले यो उद्यान भुगोलले इस्मा परे पनि सवै स्थानीय तहको सम्पती भएको बताए ।

त्यस्तै जिल्ला समन्वय समिति प्रमुख लक्ष्मण पराजुलीले जडिबुटी उद्यानको सदुपयोग र संरक्षणमा सवैको चासो र सहयोग उत्तिकै आवश्यक रहेको बताए । अहिले बिरुवा रोप्ने र संरक्षणको काम भएको छ । बिस्तारै अन्य निजी क्षेत्रसंग समन्वय गरेर खाली बाँझो जग्गामा लप्सी, ओखर, टिमुर, चिउरी लगायतका बिरुवाको नर्सरी स्थापना गर्ने, कृषि र पशु विकास कार्यक्रमसंग समन्वय गरेर अर्थोपार्जन अगाडी बढाउने उदेश्य उद्यानको रहेको नेकपाका नेता नारायण पैयानीले बताए । देसाल पुज्ने सार्कीपाटा सामुदायिक वनका अध्यक्ष खडानन्द भण्डारीको अध्यक्षता रहेको कार्यक्रममा सचिव इश्वरी प्रसाद अर्यालले सामुदायिक वनको अवस्थाको बारेका प्रकाश पारेका थिए ।

SHARE