बस दुर्घटनामा युवतीको मृत्यु

0
23

सुशीला रेग्मी(पाल्पा), २५ पुस  : तनहुँको घिरिङ् गाउँपालिका ३ को मानपुरमा यात्रुबाहक बस दुर्घटना हुदा एक युवतिको मृत्यु भएको छ । आज बिहान करिव पौने दश वजे बस दुर्घटना हुदा घिरिङ गाउँपालिका १ बैडी बस्ने २० वर्षीय युवती मुना थापाको घटनास्थलमा नै मृत्यु भएको छ ।

दुर्घटनामा पाँच जना गम्भीर घाइते भएका छन् । उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचारपछि थप उपचारका लागि पोखरा पठाइएको उपचारमा खटिनुभएका सामुङ्ग स्वास्थ्य चौकीका हेल्पपोष्ट ईन्चार्ज मनप्रसाद रानाभाटले जानकारी दिनुभएको छ ।

दुर्घटनामा अन्य घाइतेको भने स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । सडक चिप्लोका कारण छेउको भागमा गाडी गुडाउने क्रममा जमिन भासिएर करिव ३० मिटर तल बस खसेको छ । ग १ ज ६१७५ नम्बरको सिंजाली डिलक्स नामको बस पोखराका लागि बैडीबाट छुटेको हो ।

SHARE