धार्मिक एबम पर्यटकिय क्षेत्रहरुको प्रचारप्रसार गर्न महोत्सब

0
29

तिलाचन पाण्डे
पुस २५,२०७६ गुल्मी ः पर्यटन बर्षलाई लक्षित गर्दैै गुल्मीमा महोत्सब हुने भएको छ ।
पर्यटन बर्ष २०२० लाई आधार मान्दै यहि माघ १५ गतेदेखि २६ गतेसम्म प्रथम गुल्मी मुसिकोट पर्यटन सास्कृतिक औधोगिक एबम ब्यापार मेला २०७६ हुने भएको हो ।
जिल्लाको मुसिकोट नगरपालिकामा रहेको गुल्मी मुसिकोट उधोग बाणिज्य संघको आयोजनामा महोत्सब हुन लागेको हो । जिल्लामा रहेको धार्मिक एबम पर्यटकिय क्षेत्रको प्रचार प्रसार , स्थानीय उत्पादनलाई बजारीकरण गर्नका लागि महोत्सबको आयोजना गरिएको महोत्सब मुल आयोजक समितिले जनाएको छ ।
स्थानीय स्तरमा रहेका पर्यटकीय क्षेत्रहरु मुसिकोट दरवार , ग्वादीका चौरलाई धार्मिक एबम पर्यटकीय स्थलका रुपमा प्रचार प्रसार गर्ने , आन्तरिक पर्यटकलाई आर्कषित गर्न र त्यसको महत्वलाई बुझाउनका निम्ति महोत्सबको आयोजना गरिएको प्रचार प्रसार संयोजक ज्ञानहरी सापकोटाले जानकारी दिए । यस्तै स्थानीय स्तरमा रहेको मौलिक लोक संस्कृति कफीको उदगम स्थल गुल्मीको आपचौरको बारेमा प्रचार प्रसार गर्नका लागि महोत्सले ठुलो भूमिका खेल्ने सापकोटाले जानकारी दिए ।
महोत्सबमा कूल एक सय ५० स्टलहरु रहने र कृषि , शैक्षिक प्रर्दशनिका लागि निशुल्क रुपमा स्टलको ब्यबस्थापन गरिएको मुल आयोजक समितिले जनाएको छ । महोत्सबमा करिब एक लाख दर्शकले अबलोकन गर्ने र पाँच करोण बराबरको आर्थिक कारोबार हुने लक्ष्य लिएको मुसिकोट उधोग बाणिज्य संघका अध्यक्ष सुर्दशन शाक्यले जानकारी दिए । महोत्सबमा बिधार्थीहरुका लागि ५० रुपैयाँ र अन्यका लागि ७० रुपैयाँको टिकटको ब्यबस्था गरिएको मुल आयोजक समितिले जनाएको छ । महोत्सब सम्पन्न गर्नका लागि २३ वटा उपसमितिहरु बनाइएको छ । महोत्सबको माघ १५ गते नेकपाका अध्यक्ष एवम पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उदघाटन गर्ने कार्यक्रम तय भएको प्रचार प्रसार संयोजक ज्ञानहरी सापकोटाले जानकारी दिए ।

SHARE