बाणिज्य बैंक गुल्मीले, गुल्मीमा गर्यो बित्तिय साक्षरता

0
76

तिलाचन पाण्डे
पुस २५, २०७६ गुल्मी  : राष्ट्रिय बाणिज्य बंैक गुल्मीले बित्तिय साक्षरता कार्यक्रम गरेको छ । बैंकले उधोग बाणिज्य संघ गुल्मीको सभाहलमा शुक्रबार रेसुंगा नगरपालिका भित्रका जनप्रतिनिधि , कर्मचारी लगायत सरोकारवालहरुको उपस्थितिमा बैकमा बचत किन गर्ने ,बचतका तरिका ,बचतका लागि बाणिज्य बैंक नै किन रोज्ने , देश बिकासमा पुँजि निमाणको महत्व र बाणिज्य बैकको सुबिधाका बारेमा प्रकास पारिएको बाािण्ज्य बैंक गुल्मीले जनाएको छ ।
बित्तिय साक्षरता , बचत , बचत गर्नुपर्ने कारण,बचत गर्ने तरिका , बचतको महत्व माथी ऋषि ज्ञवालीले प्रकास पारेका थिए । यस्तै बाािण्ज्य बैंकबाट कर्जा , बैकको उत्पादन लगायत जाली नोट र सफा नोटको बारेमा कृष्ण पाण्डेले स्पस्ट पारेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि रेसुंगा नगरपालिकाका प्रमुख डिल्लीराज भुसालले बैकको कारोवार भरपर्दो र बिश्वासिलो भएको बताए ।


गुणनिधि भुसालको अध्यक्षतामा भएको कार्यक्रमको सबिता गौतमले स्वागत मन्तब्य राखेकी थिइन भने कार्यक्रमको संचालन राधिका खवासले गरेकी थिइन् ।

SHARE