रास्ट्रिय युवा संघ नेपाल गुल्मीको एकता भेला पुष २६गते हुने

0
239

रामकृस्ण कंडेल,वामीटक्सार पुष२४  :रास्ट्रिय युवा संघ नेपाल गुल्मीको एकता भेला यहि पुष २६गते बिहान११बजे आयोजना गरिएको छ।गुल्मीको तम्घास स्थित मदन आश्रीत स्मृति भवनमा भेला आयोजना गरिएको बुझिएको छ।तात्कालिन माओबादि केन्द्रको युवा संगठन वाई सि यल र एमालेको युवा संगठन युवा संघ नेपाल बिच एकिकरण भई रास्ट्रिय युवा संघ नेपालको नामाकरण गरिएको छ।गुल्मीमा रास्ट्रिय युवा संघ नेपालको जिल्ला कमिटि घोषणाको साथै क्षेत्र,नगरपालिका,गॉऊपालिका हुदै वार्ड कमिटि सम्म एकिकरणको कार्य लाई टुंगाऊन थालिएको संगठनले जनाएको छ।संगठनको गुल्मी जिल्ला संयोजकमा मोहनप्रसाद पान्डे र सह संयोजकमा नारायण चन्द बोहोरा रहनु भएको छ।

SHARE