दुबै मृगौला फेल भएपछि उपचारमा आर्थिक समस्या

0
507

पुस , २४,२०७६ गुल्मी : गुल्मी इस्मा गाउँपालिका २ का बाबुराम थापाको दुवै मृगौलाले काम गर्न छोडेको छ । थापाको अािर्थक अबस्था कमजोर भएकाले उपचारमा समस्या भएको छ ।
थापाको अहिले काठमाडौँको बनस्थली अस्पतालमा उपचार भइरहेको र उपचारका लागि अहिलेसम्म नौ लाख रुपैँया भन्दा धेरै खर्च भइसकेको पारीबारिक स्रोतले जनाएको छ ।
परिवारका ८ जना सदस्यको जिम्मेवारी थापा माथि रहेको र कमाउने मान्छे नै मृगौला पीडित बन्नु परेपछि सहयोगको याचना गरेका छन् । अहिलेसम्म ९ लाख भन्दा बढी खर्च भईसकेको र अझै उपचारमा ३० लाख लाग्ने अस्पतालले भनेपछि आर्थिक जुटाउने अबस्था नभएपछि सहयोगका लागि अपिल गरेको थापाले बताएका छन् ।
परिवारमा ६ जना छोराछोरी छन् । सबैले पढ्छन् । बुबाको दुवै मृगौलाले काम गर्न छोडेपछि पढाई बिचमै छोड्नु पर्ने बाँध्यता भएको र उनीहरुले आफुहरुको साहारा अरु नभएकाले बुबाको ज्यान बचाईदिन सबैलाई आग्रह गरेका छन् ।
४२ वर्षिय मृगौला पीडित थापा वैदेशिक रोजगारमा थिए परिवारको एक छाक टार्नकै लागि विगत १० वर्षदेखी वैदेशिक रोजगारको शिलशिलामा बहराईनमा रहेको पारीबारीक स्रोतले जनाउको छ ।
त्यहाँ स्वास्थ्य जाँच गराउँदा बल्ड प्रेसर र थाईराईड जस्ता समस्या देखिए । त्यसपछि थापा २ महिना अघि घर फर्किए । शुरुमा उनलाई पिसाब पहेँलो हुने, पिसाब पोल्ने, खुट्टा सुन्नीने, जस्ता समस्या देखिए ।
थापाले काठमाडौँको बनस्थली किड्नी नेश्नल अस्पतालमा जाँच गराउँदा बल्ल थाहा भयो दुवै मृगौला फेल भएका रहेछन् । यो सुन्दा छागाँबाट खसेजस्तो भयो । डाक्टरले यसको उपचार गराउँदा ३० लाख भन्दा बढी आर्थिक रुपैँया लाग्छ भने । यति धेरै रकम कहाँबाट ल्याउने भन्ने चिन्ताले सतायो । आफ्नो सबै सम्पत्ति खर्च गरे पनि आर्थिक जोहो नपुग्ने भएपछि सहयोगको याचना गर्नुप¥यो ।
हाल उनलाई स्थानीय आपतकालिन उद्धार सहयोगी संस्था इस्मा गाउँपालिका २ छल्दीटारले सहयोग रकम संलकन् गरीरहेको छ ।सहयोगका लागि आपतकालीन उद्धार सहयोगी संस्थाको राष्ट्रिय वाणिज्य बैङ्कमा रहेको ३०१०००९७५८०८ खातामा रकम संकलन् गर्न सकिने संस्थाका अध्यक्ष राजन कुँवरले जानकारी दिए ।

SHARE