अस्ट्रेलियामा नेपाल भ्रमण वर्षको प्रचार भब्य रूपमा सुरु:प्रेम सापकोटा

0
342

रामकृस्ण कंडेल,पुष२२ : अस्ट्रेलियामा नेपाल भ्रमण वर्ष २०२०को प्रचार प्रसार औपचारिक रूपमा सुरु भएको जन सम्पर्क समिति अस्ट्रेलियाका संरक्षक प्रेम सापकोटाले बताऊनु भएको छ।अस्ट्रेलिया बाट बढीभन्दा बढी पर्यटक नेपाल भित्र्याउने उद्देश्यले आज पुष२२गते भब्य कार्यक्रम गरी प्रचारप्रसार थालेको गुल्मी मुसिकोट नगरपालिका९ स्थायि घर भई हाल अस्ट्रेलियामा आफ्नो होटल तथा प्रयटन ब्यबसाय गर्दै आऊनु भएका प्रेम सापकोटाले जानकारी दिनु भयो।

भ्रमण वर्षको ब्यापक प्रचार गर्न नेपाल बाट पर्यटन मन्त्रि योगेश भट्टराई स्वयं अस्ट्रेलिया उपस्थित हुनु स्रहानिय कार्य हो भन्दै सापकोटाले आफ्नो जन्मभूमि प्रतिको कर्तब्य पुरा गर्ने अठोट समेत गर्नु भयो।केही सञ्चारमाध्यममा उक्त कार्यक्रमलाई प्रहरीले रोकेको समाचार प्रकाशित भएपछि सत्य तत्थ्य के हो भनि हामिले राखेको जिज्ञॉसामा आजको कार्यक्रममा सहभागी सापकोटाले ‘मिडियामा आएका सबै कुरा सत्य नरहेको,परेडको कुनै कार्यक्रम नरहेको तर औपचारिक कार्यक्रमको समाप्ति पछि ओपेरा हाउस तिर जान लागेको नेपालीहरु को समुहलाई यति ठुलो संख्यामा एकै चोटि अगाडी बढ्दा पैदल यात्री लाई समेत मर्का पर्ने कारण देखाउदै त्यहाँको सुरक्षामा खटेका सुरक्षाकर्मीले रोकेको हो साथै आयोजकले प्रशासन लाई जानकारी दिन ढिला भएको रहेछ’भन्नु भयो।सापकोटाका अनुसार पर्यटनमन्त्री भट्टराईले अष्ट्रेलियाको सिड्नीमा नेपाली राजदुतावासको आयोजना तथा एनआरएनए लगायतका संघ संस्थाहरु को सहयोगमा नेपाल भ्रमण बर्ष २०२० को शुभारम्भ कार्यक्रम भब्य रुपमा सम्पन्न भएको जानकारी समेत दिनु भयो। यस वर्ष अस्ट्रेलिया बाट बढी भन्दा बढी प्रयटक नेपाल भ्रमणमा आउने जानकारी समेत दिनु भयो।सन् २०२० मा नेपाल सरकारले २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य सहित नेपाल भ्रमणवर्ष सुरु गरेको छ।सरकारको कार्यक्रमलाई सफल बनाउन स्वदेशमा मात्रै नभई बिदेशमा रहेका आफुहरू पनि सकृयताका साथ लागि परेको सापकोटाले बताऊनु भयो।कार्यक्रमलाई सफल बनाउनका लागि एनआरएनले ओसिनिया क्षेत्रका लागि दिनेश पोखरेलको संयोजकत्वमा मूल समिति बनाएर काम गरिरहेको छ। नेपाल भ्रमण वर्ष २०२० को मंगलबार अष्ट्रेलियामा मध्यान्न उद्घाटन गरिएको छ ।सिड्‌नीको पर्यटकीयस्थल ‘सर्कुलर की’बाट नेपाल भ्रमण वर्ष २०२० को अस्ट्रेलियामा औपचारिक सुरुवात गरिएको छ । कार्यक्रममा अधिकांश नेपाली तथा केही विदेशीहरु सहभागी थिए ।कार्यक्रममा ‘भिजिट नेपाल २०२०’ लेखिएको टिसर्ट वितरण गरिएको थियो भने सहभागीहरुलाई नेपाल भ्रमण वर्षको बारेमा जानकारी दिइएको थियो।

SHARE