नेतृत्व कब्जा गरेर राख्ने प्रबृतिका कारण उधोगी , ब्यबसायीहरुमा फुट आयो ः उपाध्यक्ष प्रधान

0
63

पुस २०,२०७६ गुल्मी ः नेपाल उधोग बाणिज्य माहासंघका केन्द्रिय उपाध्यक्ष किशोरकुमार प्रधानले नेत्तृत्व आफैमा मात्र सीमित राख्ने प्रबृतिका कारण उधोगीहरुमा फुट आएको दाबी गरेका छन् ।
गुल्मी उधोग बाणिज्य संघको २८ औ बार्षिक साधारण सभाको शनिवार उद्घाटन गर्दै प्रधानले पछिल्लो समयमा नेतृत्व अन्यलाई दिन नसक्नु र आफैमा कब्जा गरेर राख्ने प्रबृतिका कारण उधोगी ब्यबसायीहरुमा फुट आउन थालेको भन्दै अन्यको नेतृत्वलाई पनि स्विकार गर्नुपर्नेमा जोड दिए ।
पछिल्लो समयमा बिभिन्न जिल्लाहरुमा चेम्बर अफ कर्मश खुलेको उल्लेख गर्दै नेतृत्व अन्यलाई स्विकार गर्न र नेतृत्व हस्तान्तरण गर्न नसकेको कारणले अन्य संस्थाहरु खुल्ने गरेको दाबी समेत गरे । यही प्रबृति कायम रहे शहर बजारका चोक चोक र गल्लीहरुमा अन्य संस्थाहरु खुन्ले दाबी गरे । ब्यबसायीहरुले आफनो ब्यक्तिगत फाइदाका निम्ति जस्तो सुकै र जे गर्न पनि तयार भएका कारण साना ब्यबसायीहरु र मझौला किसिमका ब्यबसायीहरु चपेटामा परेको दाबी गरे । ठुला ब्यबसायीहरुले ब्यक्तिगत फाइदाका लागि गरिएका ब्यबहारहरुले र नीतिगत भ्रष्टाचारका कारण साना ब्यबसायीहरुलाई दबाउने प्रबृतिको अन्त्य गर्न आवश्यक रहेको उल्लेख गरे ।
यस्तै उपाध्यक्ष प्रधानले स्थानीय उत्पादलाई जोड दिन समेत आग्रह गरे । उहाँले स्थानीय उत्पादनलाई बिशेष गरि जोड दिएमा त्यसको माध्यमबाट स सना उधोगहरु खोल्न सकिने र रोजगारको ब्यबस्था पनि गर्न सकिनेमा जोड दिए ।
देशको अर्थतन्त्रमा बृद्धि गर्नका लागि ब्यबसायीहरु र स्थानीय स्तरदेखि केन्द्र सम्म सरकार र ब्यबसायीहरु बिच सहकार्यको जरुरी रहेको उल्लेख गरे ।सरकारले पनि ब्यबसायीहरुको हकहितका निम्ति काम गर्नु पर्ने ,ब्यबसायीहरुलाई ठग्ने प्रबृतिमा सुधार ल्याउनु पर्ने भन्दै ब्यबसायीहरुले पनि सरकारलाई कर ठग्न नहुनेमा जोड दिए । स्थानीय सरकारहरुले पनि ब्यबसायीहरुलाई अन्धाधुन्द तरिकाबाट कर लगाउन नहुने भन्दै देशको अर्थतन्त्रमा बृद्धि गर्नका लागि ब्यबसायीहरु सधै साथमा रहेको जिकिर समेत गरे ।
साथै शनिबार प्रधानले गुल्मी उधोग बाणिज्य संघद्धारा प्रकाशित स्मारिका  बिमोचन पनि गरेका थिए ।

SHARE