सत्यवती गाउँपालिकाले माझीहरुका लागि एकीकृत बस्ती निर्माण गरिदिने

0
28

तिलाचन पाण्डे
पुस १८ ,२०७६ गुल्मी  :
गूल्मी जिल्लाको सत्यवती गाउँपालिकाले माझीहरुका लागि एकीकृत बस्ती निर्माण गरिदिने भएको छ । गाउँपालिका भित्र २८ घरपरिवार मध्ये र घर जग्गा नभएका २३ परिवारका लागि एकीकृत बस्ती निर्माण गरिदिने गाउँपालिकाका अध्यक्ष पारिश्वर ढकालले जानकारी दिए ।
गाउँपालिका भित्रमा बिशेषगरी खैरेनी र अस्लेवामा माझी बस्ती रहेकाले उनीहरु मध्ये २३ जनाको घर जग्गा नभएको पाइएको भन्दै एकीकृत बस्ती निर्माण गर्न लागेको गाउँपालिकाले जनाएको छ । २३ घरपरिवार मध्ये १४ घरपरिवारका लागि खैरेनीमा र नौ घरपरिवारका लागि अस्लेवामा एकीकृत बस्ती निर्माणका लागि गाउँपालिकाले टेन्डर प्रक्रिया समेत अगाडी बढाएको सत्यवी गाउँपालिका वडा नं १ अस्लेवाका वडा अध्यक्ष भीमलाल पाण्डेले जानकारी दिए । यस अगाडी माझीहरुका लागि भूकम्पको पुननिर्माण प्राधिकरणबाट तीन घर निर्माण भएको र अहिले दूई जनाको घर निर्माण गरिदिने भएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिका भित्रका नागरिकहरुको ब्यबस्थापन गर्ने र न्यून आयभएका नागरिकलाई माथि उकास्ने कार्य आफूहरुको जिम्मेवारी भएको भन्दै माझी समुदायलाई पहिलो प्राथमिकता दिएर एकीकृत बस्ती निर्माणको कार्यतर्फ आफूहरु लागेको गाउँपालिकाका अध्यक्ष ढकालले जानकारी दिए ।
माझी बस्तीलाई सुबिधा सम्पन्न भबनमा एटेज ट्वाइलेट बाथरुम र किचन सहितको एकीकृत बस्ती निर्माण गर्नका लागि एक करोण ७५ लाख रुपैयाँको एकीकृत बस्ती निर्माणका गर्न बहुबर्षिय टेन्डर निकालिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादब भण्डारीले जानकारी दिए ।
साथै स्थानीय सरकारले रचनात्मक र जनताको मन छुनेखालका काम गर्नका लागि गाउँपालिका भित्रमा रहेका सुकुम्बासीहरुको समेत लगत संकलन कार्य गर्नका लागि कार्यपालिकाको बैठकले निर्णय गरेको ढकालले जानकारी दिए ।
अहिले सुकुम्बासीहरुको लगत संकलन गर्ने र त्यस पश्चात उनीहरुको लागि पनि स्थानीय सरकारले ब्यबस्थापन गरेरै छाड्ने ढकालले दाबी गरे । उनले स्थानीय स्तरमा युवाहरुलाई रोजगारी सृजना गर्न र स्थानीय उत्पादनमा जोड दिनका लागि कृषि ,पशुपालनमा अनुदान दिदैँ आएको बताए । कृषकले उत्पादन गरेका कृषिजन्य बस्तुहरुलाई संकलन केन्द्र र हाटबजारको समेत ब्यबस्थापन गरेकाले कृषकले उत्पादन गरेका बस्तुहरुलाई बजार भएन भनेर चिन्ता लिने अबस्थाको समेत अन्त्य गर्ने गाउँपालिकाले जनाएको छ

SHARE