नेकपाको सचिवालय बैठक स्थगित

0
86

पुस १७,२०७६ काठमाडौं  :सत्तारूढ नेकपाको बिहीबार बसेको बैठक बिनानिष्कर्ष टुङ्गिको छ। शुक्रबार बिहान बस्ने गरि बिहीबारको बैठक बिनानिष्कर्ष स्थगित गरिएको हो।

प्रतिनिधिसभाको सभामुख चयन, राष्ट्रियसभाको उम्मेदवार चयन, प्रदेशको राजधानी र नाम, एमसिसी विवादको विषयमा छलफल गर्ने नेकपाको सचिवालय बैठक बसेको हो। बिहीबार करिब ४ घण्टा लामो बसेको बैठक बिनानिष्कर्ष स्थगित भएको हो। राष्ट्रियसभाको उम्मेदवारमा प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी नाम ल्याएपछि बैठक निष्कर्षविहीन हुन पुगेको एक सचिवालय सदस्यले जनाए। प्रतिनिधिसभाको सभामुखमा पनि प्रधानमन्त्री ओली र अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डु आआफ्नो दाबीबाट पछि हटेका छैनन्। ओलीले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र प्रचण्डले अग्निप्रसाद सापकोटालाई बनाउन चाहेका छन्। यता, उपसभामुख शिवमाया तुम्बाहाङफेले पनि आफ्नो अडानबाट पछि हटेकी छैनन्। उनले सभामुखमा आफ्नै दाबी गरिरहेकी छिन्। उनको पक्षामा राष्ट्रपति विद्यादेवि भण्डारीको साथ पाएकी छिन्। यस्तै, नेकपाभित्र विवादमा रहेको एमसिसि परियोजनाको विवादले नेताहरू नै फरकफरक धारमा उभिएका छन्। इन्डो प्यासिफिक रणनीतिको अंश भएकाले एमसिसी स्वीकार गर्न नहुने पक्षमा एकतर्फी नेताहरू देखिएका छन्। तर, सरकारका प्रवक्ता गोकुल बाँस्कोटा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलगायतका नेताले एमसिसी हिउँदे अधिवेशनबाट पास हुने जिकिर गरिरहेका छन्। यसअघि बसेको सचिवालय बैठकले प्रदेश ३ को राजधानी र नामकरणा गरेको थियो। त्यसको चौतर्फी विरोध भइरहेको छ। बिहीबार बसेको बैठकले नामकरण र राजधानी तोक्न बाँकी रहेको प्रदेशको विषयमा समेत छलफल भएको बताइएको छ।थाहाबाट

SHARE