सांसद शाहविरुद्ध ज्यान मार्ने उद्योगमा उजुरी दर्ता

0
379

पुस १७, २०७६ कपिलवस्तु  :नेपाली कांग्रेसबाट प्रतिनिधिसभामा सांसद अभिषेक प्रताप शाहविरुद्ध उजरी परेको छ। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा बिहीबार ज्यान मार्ने उद्योगअन्तर्गत उजुरी दर्ता गरिएको हो कपिलवस्तु क्षेत्र नम्बर(३ बाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसद शाहले कपिलवस्तुको कृष्णनगर नगरपालिका(३ का श्याम मिश्रालाई करिब दुई हप्ताअघि कुटपिट गरेका थिए। ज्यान मार्ने उद्देश्यले कुटपिट गरेको भन्दै सांसद शाहमाथि उजुरी दर्ता भएको हो। मिश्राले इलाका प्रहरी कार्यालय कृष्णनगरमा जाहेरी दिएका हुन्। प्रहरी नायब उपरीक्षक सुनिल मल्लले सांसद शाहले ज्यान मार्ने उद्देश्यले मिश्रालाई कुटपिट गरेको देखिएकाले प्रहरीले ‍उजरी दर्ता गरेको बताए। उनले बिहीबार ढिला गरी उजुरी परेकाले शुक्रबार पक्राउको अनुमति लिएर आवश्यक प्रक्रिया अगाडि बढाइने बताए। कुटपिटबाट मिश्रा घाइते भएका थिए। उनको बुटवलमा उपचार गरिएको थियो। पुस ५ गते घटना घटेको घटनाको १२ दिनपछि उजुरी दर्ता भएको हो। यता, उक्त कुटपिटको घटनामा आफ्नो संलग्नता नरहेको शाहले प्रतिक्रिया दिँदै आएका छन्।

SHARE