बर्दियामा ट्रक दुर्घटना, तीन जनाको मृत्यु

0
400

पुस १६, २०७६ बर्दिया  :बर्दियामा ट्रक दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ। पूर्व पश्चिम राजमार्ग अन्र्तगत पर्ने बर्दिया निकुञ्ज भित्र ट्रक दुर्घटना हुँदा ३ जनाको ज्यान गएको हो। ठाकुरबाबा नगरपालिकाको आम्बासादेखि झण्डै ६ किलोमिटर पश्चिम तर्फ निकुञ्ज भित्र पर्ने राजमार्गमा भएको दुर्घटनामा दुई महिला र एक पुरुषको घटनास्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय भुरिगाउँले जनाएको छ। भैरहवाबाट फलामे छड लोड गरि धनगढी तर्फ गईरहेको लु २ ख १०६८ नम्बरको ट्रक बुधवार विहान ४ बजेतिर दुर्घटना भएको हो। दुर्घटनामा ज्यान गुमाएका ट्रकका सहचालक र दुई महिलाको परिचय खुल्न नसकेको प्रहरीले जनाएको छ। फलामे छड बोकेको ट्रकमा च्यापिएकाको शव जेसिवीको सहायताबाट बाहिर निकालिएको प्रहरीले जनाएको छ। ट्रक चालक घोराही उपमहानगरपालिका ११ कपासेका कर्ण बहादुर चौधरी घाइते भएका छन्। घाइतेको कोहोलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ। चालक चौधरीकाअनुसार बाँकेको कुसुमबाट आफन्तको मृत्यु भएकाले कर्णाली चिसापानीसम्म लगिदिन आग्रह गरेपछी दुई महिला ट्रकमा सवार भएको बताएको प्रहरीले जनाएको छ। दुर्घटनामा ज्यान गुमाएकाको परिचय खुलाउन प्रहरीले सोधपुछ गरिरहेको ईलाका प्रहरी कार्यालय भुरीगाउँको प्रहरी निरीक्षक बसन्त पाण्डेले जानकारी दिए।

SHARE