बिधार्थीलाई न्यानो कपडा स्विटर र टोपी बितरण

0
533

तिलाचन पाण्डे
पुस १६ , २०७६ गुल्मी : देशभर चिसो बढीरहेको सन्र्दभमा गुल्मीमा एक संस्थाले बिधालयमा न्यानो कपडा बितरण गरेको छ । जिल्लाको कालीगण्डकी गाउँपालिका वडा नं एकको देउराली माध्यमिक बिधालयका एक सय ५० जना बिधार्थीहरुलाई न्यानो कपडा स्विटर र टोपी बितरण गरेको बिधालयले जनाएको छ ।
रुपन्देहीको संस्था नमस्ते किड्स नेपालले चिसोको समयमा स सना बिधार्थीहरुलाई समस्या हुने र केही उपलब्धी मुलक कार्य गरौ भन्ने उधेश्यका साथ यसरी न्यानो कपडा स्विटर र टोपी बितरण गरेको संस्थाकी अध्यक्ष सरु थापाले जानकारी दिइन् ।
यसरी चिसोको समयमा बिधार्थीहरुलाई स्विटर र टोपी बितरण गर्नाले स सना बालबच्चाहरु चिसोबाट बच्न सक्ने र स्वास्थ्यमा पनि चिसोका कारण समस्या नहोस भनेर यसरी पहिले आफूले अध्ययन गरेको बिधालयमा केही न केही गरौ भनेर देउराली माध्यमिक बिधालयमा न्यानो कपडा बितरण गरेको संस्थाकी सदस्य कल्पना पाण्डे मगरले बताइन् ।
उक्त संस्थाले सोही बिधालयमा बिगतमा पनि पानीका ड्रम , जार लगायत बिधार्थीहरुलाई बिभिन्न सामग्रीहरु बितरण गरेको बिधालयका पुर्व शिक्षक नारायणहरी पाण्डेले जानकारी दिए ।
यस्तै जिल्ला अस्पताल तम्घास गुल्मीले चिसोको समयमा बिशेष ख्याल गर्न र तातो खानेकुराहरु खान आग्रह गरेको छ । चिसोको समयमा बिशेष गरी बालबच्चा र बृद्ध बृद्धाहरुलाई समस्या देखा पर्ने भएकाले न्यानो र बाक्लो कपडाहरु प्रयोग गर्नका साथै स्वास्थ्यको ख्याल गर्न डा ः उत्तम पच्याले आग्रह गरेका छन् । उनले चिसोका कारण बालबच्चामा निमोनिया र बृद्ध बृद्धाहरुमा दम लगायतका रोगहरु लाग्न सक्ने भएकाले बिशेष ख्याल गर्न र केही समस्या देखा परेमा तुरुन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न समेत आग्रह गरे ।

SHARE