बुवाको सम्झनामा स्वास्थ्यचौकीलाई एम्बुलेन्स प्रदान

0
449
एक कार्यक्रमका बिच कालीगण्डकी गाउँपालिका वडा नं ७ का वडा अध्यक्षलाई एम्बुलेन्सको साँचो हस्तान्तरण गर्दै पूर्व मन्त्री गगन थापा

खबरमार्केट
पुस १० , २०७६ गुल्मी ः
गुल्मीको कालीगण्डकी गाउँपालिका ७ को भुर्तुङ स्वास्थ्यचौकीलाई एम्बुलेन्स प्रदान गरिएको छ । पण्डित बेणी माधव पौडेल फाउन्डेसन गुल्मीले स्वास्थ्यचौकीलाई एम्बुलेन्स प्रदान गरेको हो । पूर्व स्वास्थ्यमन्त्री एवम् नेपाली काङ्ग्रेसका नेता गगनकुमार थापाले काठमाडौमा एक कार्यक्रमबीच कालीगण्डकी गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष लोकप्रताप शाहलाई एम्बुलेन्सको चाबी हस्तान्तरण गरे । सोहि क्रममा बोल्दै नेता थापाले राज्यले गर्नुपर्ने काम फाउण्डेसन मार्फत गरिएकोमा खुसी प्रकट गरे ।
अहिलेसम्म कालीगण्डकी गाउँपालिकाको एक ठाउँमा मात्रै एम्बुलेन्स संचालनमा रहेको थियो । भुर्तुङ स्वास्थ्य चौकी मार्फत संचालन हुने यो एम्बुलेन्सले सोही वडासहित खड्गकोट, पूर्तिघाट, चन्द्रकोट गाउँपालिकाका केही वडा र बाग्लुङका नागरिकलाई समेत सेवा दिने वडाध्यक्ष शाहले जानकारी दिए । एम्बुलेन्स नभएका कारण डोको, स्टिचर तथा निजी सवारीसाधनमा चर्को मुल्य तिरेर स्वास्थ्य संस्थासम्म पुराउनुपर्ने बाध्यता स्थानीयलाई थियो । गाउँका नागरिकको त्यहि समस्यालाई मध्यनजर राख्दै बुबाको सम्झनामा एम्बुलेन्स प्रदान गरिएको छोरा गोकर्ण पौडेलले जानकारी दिए । ‘सामाजिक सेवासहितको राजनीति अहिलेको आवश्यकता हो, पहिले बुबा पनि राजनीतिक क्षेत्रमा सक्रिय हुनुहुन्थ्यो,’ उनले भने, ‘त्यसैको सम्झनामा एम्बुलेनस प्रदान गरेका हौँ ।’

SHARE