चीनका पूर्वप्रधान सेनापतिलाई आजीवन जेल सजाय

0
317

चीनका पूर्वप्रधान सेनापतिलाई आजीवन काराबासको सजाय दिने फैसला भएको छ।

भ्रष्टाचारविरुद्धको अभियानको क्रममा राष्ट्रपति सि जिन पिङले उहाँलाई यसअघि नै पदच्यूत गरिसकेको भएको चिनियाँ सरकारी सञ्चारमाध्यमले बुधबार जनाएको छ।

चिनियाँ सरकारी सेनाको सर्वोच्च पदमा सन् २०१२ मा नियुक्त हुनु भएका फाङ फेङघुई अहिले कारबाहीमा परेका हुन्। उनलाई सन् २०१७ को अगष्टमा जिम्मेबारीबाट हटाइएको थियो।

सैन्य अदालतले नै उनलाई दोषी ठहर गर्दै आजीवन जेल सजायको फैसला गरेको सरकारी समाचार संस्था सिन्ह्वाले जनाएको छ।

चीनमा भ्रष्टाचार लामो समयदेखि देशका लागि ठूलो समस्या बनेको छ। भ्रष्टाचारविरुद्धका अभियानहरू चलाइएका छन् भने हजारौँ सरकारी उच्च अधिकारी कारबाहीमा परेका छन्।

SHARE