अर्घाखाँचीमा बस दुर्घटना , मृत्यु हुनेको संख्या १५ पुग्यो

0
380

मंसिर ११ , २०७६ ःअर्घाखाँची(अर्घाखाँचीको सन्धिखर्क नगरपालिका(६ नरपानीमा बुधबार बेलुका भएको बस दुर्घटनामा परी १५ जनाको घटनास्थलमै मृत्यु भएको छ।

सन्धिखर्कबाट बुटवल जाँदै गरेको लु २ ख २१४८ नम्बरको बस नरपानी बजार नजिकैको घुम्तीमा दुर्घटना भएको हो। दुर्घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरी तथा स्थानीयवासीले उद्धार गरिरहेका छन्।

अहिलेसम्म १५ जनाको घटनास्थलमा नै मृत्यु भएको सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक माधव रेग्मीले जानकारी दिए। उद्धारकार्य जारी रहेको छ।

SHARE