कम्युनिस्ट सरकारले देशको रक्षा गर्न सकेन . नेता पौडेल

0
358

मंसिर ९, २०७६ दाङ .  नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिस्ट सरकारले नागरिकको शान्ति सुरक्षा, सुशासन र देशको रक्षा गर्ने नसकेको आरोप लगाएका छन्। सोमवार दाङको तुलसीपुरमा रिर्पोटर्स क्लब दाङले आयोजना गरेको कार्यक्रममा नेता पौडेलले सीमा मिचेएको विषयमा सरकार गम्भीर नभएको बताए। भारतले सार्वजनिक गरेको नक्सा सच्चाउनेप्रति सरकारले चासो नदेखाएको उनको आरोप छ। ‘भारतले सार्वजनिक गरेको नक्साबारे कुटनीतिक रुपबाट समाधान गर्नुपनेमा सरकार बाहिर–बाहिर बोलेर हिँड्यो,’ पौडेलले भने, ‘जुन कुटनीतिक रुपमा टेबुल गर्नु पर्ने हो, सरकारसँग त्यो क्षमता छैन।’ नेता पौडेलले वर्तमान सरकारले एकपछि अर्को गर्दै लोकतन्त्रको मूल्य मान्यतालाई उल्ट्याउँदै गएको समेत आरोप लगाए। कम्युनिस्टहरु वंश परम्परा र नातावादलाई महत्त्व दिएर अहिलेको चुनावमा जुटेको उनको दाबी छ। उनले भने, ‘सरकारको कुनै विचार, सिद्धान्त, निष्ठा आधार छैन।’ जनतालाई भएभरका सपना देखाएर अघि बढेको कम्युनिस्टको सरकार अहिले झुटो सावित भएको उनले बताए। थाहाबाट

SHARE