तरूण दलका नगर अध्यक्षसहित ६ जना पेस्तोलसहित पक्राउ

0
468

कात्तिक १५, २०७६ बाँके . नेपालगंज उपमहानगरपालिका–२० मा रहेको नमस्ते भिलेज रिसोर्टबाट पेस्तोलसहित ६ जना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय कोहलपुरले नेपालगन्ज उपमहानगरपालिका वडा नं। २० नमस्ते भिलेज रिसोर्टबाट बिहिबार राति साढे ८ बजे पेस्तोलसहित ६ जनालाई पक्राउ गरेको हो। नमस्ते भिलेज रिसोर्टमा पार्क गरिएको बा १८ च ४२११ नम्बरको गाडी चेकजाँच गर्ने क्रममा चालक बस्ने सिटमुनि लुकाइराखेको मेड इन युसए लेखेको अटोमेटिक पेस्तोल बरामद भएपछि उनीहरू पक्राउ परेका छन्। गोली भरिएको उक्त पेस्तोलसहित बरामद गरेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले बताए। शाहीका अनुसार पेस्तोलसहित पक्राउ पर्नेमा नेपालगन्ज उपमहानगरपालिका(१३ रामबाघ बस्ने ३२ वर्षीय सन्दीपजंग शाह, दिनेश शाही, राघव शाह सानु , माधव नेपाली, जयबहादुर बुढा र प्रीतम थापा मगर रहेका छन्। उनीहरुलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक शाहीले बताए । पक्राउ परेका सन्दीपजंग शाह तरुण दल नेपालगन्जका नगर अध्यक्ष पनि हुन्।थाहाबाट

SHARE