गरिमा जातको धान नपसाएपछि बर्दियाका किसान मर्कामा, बर्दियामा धान उत्पादन घट्ने निश्चित

0
539

विमला ढकाल, कात्तिक ७, २०७६ बर्दिया ः
बर्दियामा गरिमा जातको धान नपसायपछि किसानहरु मर्कामा परेका छन् । बर्दियाका ठाकुरबाबा, मधुवन, राजापुर, गुलरीया लगाएतका पालिकाहरुमा गरीमा जातको धान पाक्ने बेलामा पनि नपसाए पछि कृषकहरु मर्कामा परेका हुन् ।
धान नपसायपछि कृषकका खेतहरुमै पुगेर प्रारम्भीक लगत संकलनको काम सुरु भएको छ । धान काटेर भित्र्याउने बेला पनि धान नपसायपछि धेरै किसान अहिले समस्यामा परेका छन् ।
ठाकुरबाबा नगरपालिकामा झण्डै ६० बिगाहा जग्गामा गरिमा जातको धान लगाईएको थियो । ६० बिगाहामा लगाईएको धान नपसाय पछि किसान मर्कामा गरेका हुन् । गरिमा धान भारतबाट आयातित हाईब्रिट जातको धान हो । २०७२ सालमा नेपाल सरकारले यो धानलाई पञ्जीकरण गरेको थियो । बिगतका बर्षहरुमा यो धान राम्रो उत्पादन हुदै आएको थियो । यसबर्ष गरिमा जातको धान भन्दै बिक्री गर्ने बिक्रेताहरुले अर्कै धान दिएर बदमासी गरेको हुन सक्ने आशंका समेत गरिएको छ ।
यस्तै धान खेतमा अहिले फौजि किराको समेत प्रकोप देखिएको छ । यस अघि ठाकुरबाबा नगरपालिकामा यसको प्रकोप नफैलिएको पाईएको भनिएपनि पछिल्लो समय यो किराको प्रकोप अत्याधिक देखिएको छ ।
ढिला तयार हुने धानमा यो किराले क्षेति पुर्याईरहेको पाईएको छ । यो किराले दिउसोमा नदेखिने तथा रातिमा क्षेति पुर्याउने गरेको जनाईएको छ । यस्तै यो किराको प्रकोपबाट बच्न कृषकहरुले धानको दाना अलिअलि पहेलो भएपछि काटिहाल्न कृषी ज्ञान केन्द्र बाकेले अनुरोध गरेको छ ।
यसबर्ष गरिमा जातको धान नपसायपछि तथा फौजि किराको समेत प्रकोप फैलिएपछि बर्दियामा गत बर्ष भन्दा धान उत्पादन घट्ने ठाकुरबााब नगरपालिका कृषी शाखाका प्रमुख धुव्रराज वमले जानकारी दिए ।
यस्तै देशकै धान सुपरजोन क्षेत्र राजापुरमा १६ हजार हेक्टर क्षेत्रफलमा धानखेती गरिन्छ । जसमा वर्षेनी ६३ हजार मेट्रिक टन धान उत्पादन हुने गरेको छ । यस वर्ष धान नफलेपछि २ दशमलव ०३ प्रतिशत उत्पादकत्व घट्ने अनुमान जोन कार्यालयको छ । भित्र्याउने बेलामा धान नपसाएपछि किसानसँगै सुपरजोन क्षेत्रमा चुनौती थपिएको छ ।
बर्दियामा मात्र होइन देशका अन्य क्षेत्रमा पनि गरीमा भनिएका जातका धानको अवस्था उस्तै छ । जसका कारण यस वर्ष बर्दियामा धान उत्पादन घट्ने निश्चित छ । प्राकृतिक रुपमा गवारो किराको प्रकोप झेलिरहेका किसान व्यापारीबाट ठगिएपछि दोहोरो पीडामा छन् । धान काट्ने बेलासम्म पनि नफलेपछि किसान समस्यामा परेको राजापुरका सहायक बडघर दिपक चौधरीले बताए ।
राजापुरमा लगाइएको धानमा समस्या देखिएपछि प्रदेश नम्बर ५ का कृषिमन्त्री आरती पौडेल, जिल्लाका प्रदेश सांसद, कृषि वैज्ञानिक लगायत सरोकारवालाको टोलीले धान लगाइएको क्षेत्रमा अवलोकन तथा अनुगमन गरेको जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रशासकीय अधिकृत अर्जुन सुवेदीले बताए ।

SHARE